Rule 21A
गाउँ शिक्षा समितिको कार्यालय
(१) गाउँ शिक्षा समितिको कार्यालय सम्बन्धित गाउँ विकास समितिको क्षेत्रभित्रको कुनै विद्यालयमा रहनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला शिक्षा कार्यालयले स्रोत व्यक्तिको कार्यालय र गाउँ शिक्षा समितिको कार्यालय एकै ठाउँमा रहने गरी तोक्न सक्नेछ ।
(३) गाउँ शिक्षा समितिको कार्यालयको व्यवस्थापन स्रोत व्यक्तिले गर्नेछ ।